२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

2.3K
Shares
काठमाडौं – सुनको मुल्यले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (फागुन २४ गते) छापावाल सुन प्रतितोला १५०० रुपैयाँले बढेर १ लाख २५ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि बुधबार (फागुन २३ गते) छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २२ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको मुल्य पनि प्रतितोला ३० रुपैयाँले घटेर १४ सय ७० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ३० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij