काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज भई आज (फागुन २४ गते) देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । कारोबार ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट सुरु हुन लागेको हो।
एकीकृत कारोबार सुरु भएसँगै यी दुई कम्पनीहरुको शेयर कारोबार आजदेखि १५ दिनका लागि रोक्का हुने भएको छ। ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था बमोजिम शेयर कारोबार रोक्का हुने भएको हो।
यी दुई लघुवित्तहरुलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले माघ २४ र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिएको थियो । असोज ३० गते सम्पन्न दुवै लघुवित्तको विशेष साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij