काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ज्योति क्यापिटल लिमिटेडले ‘ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना सार्वजनिक गरेको छ ।
सेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी महिलाहरुलाई पनि सेयर बजार तर्फ आकर्षित गरी एक आर्थिक रुपमा सम्पन्न नारी बन्न प्रेरित गर्ने उद्देश्यका साथ उक्त योजना ल्याएको छ ।
उक्त योजना अवधिभर नेपाली नारीहरु नाबालक देखि साबालक सम्मले निःशुल्क डिम्याट र मेरो सेयर खोल्न पाउनेछन् । ज्योति क्यापिटलले नारीहरूको सम्मानमा यो योजना ल्याएको हो ।
ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो शेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइटमा क्लिक गरी खोल्न सकिनेछ । उक्त योजना मिति फाल्गुण २४ गते देखि ३० सम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुवाट प्राप्त गर्न सकिने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij