काठमाडौं – यूनाइटेड बिजनेश होटलले आइपीओ निष्काशन गर्ने भएको छ । यसैबीच कम्पनीले आइडिया टु आइपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको हो ।
काठमाडौं वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाडौं रजिष्ट्रार कार्यालय रहेको युनाइटेड बिजनेश होटललाई क्यापिटलको ‘आइडिया टु आइपीओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित युनाइटेड बिजनेश होटललाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक शेयर निष्काशन गर्नको लागि सो सम्झौता भएको हो ।
एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आइपीओ’ सेवा अन्तर्गत पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरुले क्यापिटललाई सम्पर्क गर्न सक्ने छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij