२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अन्ततः नेप्से ९.३३ अंकले बढ्यो

अन्ततः नेप्से ९.३३ अंकले बढ्यो

1K
Shares

काठमाडौं – नेप्से सूचक बुधबार ९.३३ विन्दुले बढेर २०१७.०३ अंकमा आएको छ ।   पछिल्लो राजनीतिक घटनाक्रमले तीव्र उतारचढाव आएको शेयर बजार अन्तिम समयमा हरियो भएर बन्द भएको छ।

बढेको बजारमा आज ३०८ कम्पनीका ९१ लाख ३८ हजार १५४ कित्ता शेयर ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३५७ रुपैयाँमा किनबेच भएका छन्।

बजारमा आज १७५ कम्पनीको शेयर  मुल्य बढ्दा ६२ वटाको घटेको छ भने ११ वटाको स्थिर रहेको छ। यो दिन नेप्से उपसमूहमा रहेका १० वटा समूहमा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। वित्त समूह सर्वाधिक १.६८ प्रतिशतले बढेको छ भने जीवन बीमा समूह सर्वाधिक ०.०२ प्रतिशतले घटेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij