काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातमा बोनस शेयर जम्मा गरिदिएको छ । बैंकले मङ्सिर २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातमा जम्मा गरिदिएको हो ।
मङ्सिर १० गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातमा बोनस शेयर जम्मा भएको सो मितिपश्चात शेयर अभौतिकीकरण गराएको शेयरधनीको हकमा पनि क्रमश: बोनस शेयर जम्मा हुने बैंकले जानकारी दिएको छ ।
साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरूले आफ्ना शेयर अभौतिकीकरण गराएपछि मात्रै बोनस शेयर जम्मा हुनेछ । शेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेड छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij