काठमाडौं – नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।
अब नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो। दुवैको लघुवित्तको गत वैशाख १० गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रक्रियालाई अनुमोदन गरेको थियो।
मर्जरपछि कम्पनीको केन्द्री कार्यालय काभ्रेको बनेपास्थित साबिक मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालयमा रहनेछ। एकीकृत कारोबार गर्दा दुवै संस्थाको एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउन फागुन २९ गते एक दिन दुवै लघुवित्तको सम्पूर्ण कारोबार बन्द रहनेछ। यसैगरी शेयर लगत एकीकरणलगायत पुनः सूचीकरण नभएसम्म फागुन २९ गतेदेखि शेयर कारोबार बन्द रहने दुवै संस्थाले जनाएका छन्।
नेपाल राष्ट्र बैंकले गत कात्तिक ३ गते नेरुडे र मिर्मिरे लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो। धितोपत्र बोर्डले गत कात्तिक २४ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन ११ यो मर्जरलाई अन्तिम स्वीकृति दिएको थियो। दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्जर भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij