काठमाडौँ – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ। बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ मा सोमबारदेखि पानीपोखरी शाखा सञ्चालनमा ल्याएको हो।
यो शाखा समेत गरी बैंकको शाखा संख्या २७० पुगेको छ। नयाँ शाखाबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरू भएको बैंकको भनाइ छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए।
हाल बैंकको २७० शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २६८ वटा एटिएम रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij