२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मोरङमा सशस्‍त्रका डिएसपी मृत फेला

मोरङमा सशस्‍त्रका डिएसपी मृत फेला

1.4K
Shares

विराटनगर – मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् । धनपालथान गाउँपालिका-३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन् ।

बस्याल धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख हुन् ।गुल्मको क्वार्टरस्थित कोठामा पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

३८ वर्षीय उनी पाल्पाका हुन्। उनको परिवार काठमाडौं बस्दै आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij