२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

3.2K
Shares
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा छिमेक लघुवित्त वित्तीय संस्था र युनिभर्सल पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
 युनिभर्सल पावरको १७ लाख ९५ हजार ७९९.२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले वितरण गरेको ८.५५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
त्यसैगरी छिमेकको १४ लाख १७ हजार ७०१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यस संस्थाले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij