काठमाडौं – आन्दोलनरत दुग्ध किसान र नेपाल सरकारबीच ५ बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलनरत दुग्ध किसानहरुले सम्पूर्ण कार्यक्रमहरु हाललाई स्थगन गरेका छन् । शनिबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा किसान प्रतिनिधिहरुसहित भएको वार्तामा किसानहरुलाई उद्योगीहरुले २१ चैत २०८० सम्म सबै बक्यौता तिरिसक्ने लगायतका सहमति भएको छ ।
दूध बिक्री गरेको रकमको भुक्तानीको माग राखी फागुन ८ गतेदेखि विभिन्न किसिमबाट आन्दोलनका कार्यक्रम सुरु भएका थिए। कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालको उपस्थितिमा दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संस्था लि नेपाल, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघका प्रतिनिधि र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवबीच किसानका मागहरू पूरा गर्ने सम्बन्धमा सहमति भएको हो।
सहमति अनुसार दुग्ध उत्पादक कृषकहरूलाई दूध बिक्री गरे बापत पाउनुपर्ने रकम निरन्तरता दिँदै २०८० पुस मसान्तसम्मको रकमको भुक्तानी प्रत्येक उद्योगीहरूले यही २०८० साल चैत २१ सम्म गरिसक्ने भनिएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij