काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० को विन्दुमा बन्द भएको हो। बजार घट्दा ६७ कम्पनीको शेयर मुल्य बढेको छ भने १७३ वटाको घटेको छ। आज ८ वटा कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।
आज ३०९ कम्पनीका ५५ लाख ७४ हजार २०७ कित्ता शेयर २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँमा किनबेच भएका छन् । आज सर्वाधिक कारोबार भएका १० कम्पनीमा सोनपुर मिनरल्सः १३ करोड २० लाख रुपैयाँ, शिवम सिमेन्टः ९ करोड ३ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सः ८ करोड ३० लाख रुपैयाँ, बोटलर्स नेपाल (तराई)ः ५ करोड ८८ लाख रुपैयाँ, जोशी हाइड्रोपावरः ४ करोड ९९ लाख रुपैयाँ, मोलुङ हाइड्रोपावरः ४ करोड ५० लाख रुपैयाँ, घोराही सिमेन्टः ३ करोड ९४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीः ३ करोड ८९ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सः ३ कोड ५३ लाख रुपैयाँ, ङादी ग्रुप पावरः ३ करोड ३१ लाख रुपैयाँ रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij