२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कर्पोरेट डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

कर्पोरेट डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

1K
Shares

काठमाडौं – कर्पोरेट डेभलपमेन्ट बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। यो बैंकको संस्थापक शेयरधनीहरुको नाममा रहेको ३ लाख ८ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन बैंकको वीरगन्जस्थित गीता मन्दिर रोडमा रहेको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिने बैंकले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij