काठमाडौं – आज देशैभर मौसम बदली भएको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज देशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भएको छ । अहिले कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान तथा सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । आज र भोलि पहाडी भू-भागमा चट्याङ तथा हिमाली क्षेत्रका केही ठाउँमा बाक्लो हिमपात हुन सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सोमबार पनि देशका केही ठाउँमा हल्का वर्षा र हिमपात हुनेछ भने मंगलबार हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।