२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

“आएँ आमा…” को म्युजिक भिडियो सार्वजनिक

“आएँ आमा…” को म्युजिक भिडियो सार्वजनिक

860
Shares

 

काठमाडौं – वरिष्ठ रचनाकार श्याम तमोट (गाउँ गाउँबाट उठ…) को रचना तथा मगन इन्टरटेन्मेन्टको निर्माणमा मर्मस्पर्शी गीत “आएँ आमा…” को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुरेन्द्र श्रेष्ठको संगीत, स्वर तथा संगीत संयोजन र रजिन महर्जनको पटकथा, सिनेमाटोग्राफी, सम्पादन तथा निर्देशनमा तयार भएको उक्त गीतको म्युजिक भिडियो कीर्तिपुर सिनेप्लेक्स्मा प्रिमियर शो कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।


सुनिता श्रेष्ठ, सुधा महर्जन, लक्ष्मीकुमार महर्जन, रुपेन्द्र श्रेष्ठ तथा सुबन जोशी लगायतका कलाकारहरुको अभिनय रहेको सो म्युजिक भिडियोको प्रिमियर शो बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रिमियर पश्चात बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले गीत तथा भिडियो सबै पक्षबाट उत्कृष्ट भएको र हेर्दा हेर्दै आँसु थाम्न नसकेको बताउनुभयो । कार्यक्रममा जनगायक रामेश श्रेष्ठ र अन्य थुप्रै कलाकार तथा संगितकर्मीहरुको उपस्थिति रहेको थियो । सो गीत नेपाली र नेपाल भाषा (वया मां जि..) दुबै भाषामा मगन इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । नेपाल भाषा संस्करणमा गायिका रत्नशोभा महर्जनको गायन रहेको छ ।

 

 

नेपाली

नेपाल भाषा

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij