२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएनएनएफको नयाँ कार्यसमिति चयन

आइएनएनएफको नयाँ कार्यसमिति चयन

2.9K
Shares

काठमाडौं– इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्म मेकर्स (आइएनएनएफ) ले पाँच दशक लामो समय नेपाली चलचित्र कलाको क्षेत्रमा योगदान गरेका पाँच बिशिष्ट कलाकर्मीलाई ‘चलचित्र स्वर्णिम सम्मान–०८०’ बाट सम्मानीत गरेको छ ।
आइएनएनएफले बिहीबार राजधानीमा आयोजीत आफ्नो प्रथम साधारण सभाको अबसरमा पाँच मुर्धन्य चलचित्रकर्मी नीर शाह,उद्धव पौडेल,भुवन चन्द,मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्कालाई उनीहरुको अनवतर योगदानको कदर स्वरुप सम्मान प्रदान गरेको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आथित्यतामा आयोजीत कार्यक्रममा पाँच चलचित्रकर्मीलाई ‘चलचित्र बिशेष ब्यक्तित्व सम्मान–०८०’ बाट बिभूषित गरियो । चलचित्र बिशेष ब्यक्तित्व सम्मान पाउनेमा बरिष्ट अभिनेता,निर्देशक रमेश बुढाथोकी,अभिनेत्री गौरी मल्ल र करिश्मा मान्नधर, अभिनेता रबिन्द्र खड्का र निर्माता तथा चलचित्र बिकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई थिए ।
कार्यक्रममा संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । लव प्याकुरेल अध्यक्ष रहेको केन्द्रिय कार्यसमितिमा प्रदीपलाल श्रेष्ठ,मानबहादुर थापा र लक्ष्मण सुवेदी उपाध्यक्ष,रमेश कोइराला महासचिव,भीष्मराज फुलारा सचिव,ठण्डबहादुर अधिकारी कोषाध्यक्ष छन् । त्यसैगरी कार्यसमिति सदस्यमा राधेश्याम बिश्वकर्मा,गणेश सुवेदी,बिनोद चौलागाईँ र मधुर अधिकारी निर्वाचित भएका छन् ।
सीमानाभन्दा परःनेपाली चलचित्र बिषयक अन्तरक्रिया समेत संचालन गरिएको कार्यक्रममा प्रमुख बक्ता नीर शाहले नेपाली चलचित्रको नीतिगत र गुणस्तरिय बिकासमा चलचित्रकर्मीहरुकै बढी कम्जोरी भएकाले यसलाई सच्याउदै लग्नु पर्ने धारणा राखे । प्रमुख अथिति तिमिल्सिनाले नेपाली चलचित्र गैर नेपाली दर्शकसम्म पुर्याउनका लागि पहल गर्नु पर्ने धारणा राख्दै सम्बन्धित निकाय र संघसंस्थाले यसबारेमा गम्भीरताका साथ सोच्नु पर्ने बताए ।
संस्थाका अध्यक्ष प्याकुरेलले आफूहरुको संस्थाले नेपाली चलचित्र र कलाकर्मीको बृहत्तर बिकास र बिस्तारका लागि बिशेष कार्ययोजनाहरु ल्याउने र चलचित्रसंग सम्बन्धित अन्तराष्ट्रिय संघसंस्थाहरुसँग समन्वय गरेर अघि बढ्ने जानकारी दिए । उनले स्रष्टाहरुको उच्च सम्मान तथा नवप्रतिभाको पहिचान र प्रोत्साहनका लागि समेत आफुहरु कटिबद्ध रहेको बताए । कार्यक्रममा चलचित्र तथा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
०००

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij