२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवम् सिमेन्ट्सको बोनस सेयर डिम्याट खातामा जम्मा

शिवम् सिमेन्ट्सको बोनस सेयर डिम्याट खातामा जम्मा

1.6K
Shares
काठमाडौं – शिवम् सिमेन्ट्सले १४.२५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले पुस १८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।
अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । शिवम् को पुस २७ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij