२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

२०८१ सालमा कुन-कुन दिन बैंक बिदा हुन्छ ? (सूचीसहित)

२०८१ सालमा कुन-कुन दिन बैंक बिदा हुन्छ ? (सूचीसहित)

34.2K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैकले विसं २०८१ सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भएको उक्त सूचीअनुसार २०८१ सालमा वैशाखदेखि चैतसम्ममा शनिबारबाहेक ३७ दिन बैंक तथा वित्तीय संस्थाहरु बिदा हुनेछन् ।

साथै, वर्षभरिको प्रत्येक शुक्रबार आधा दिन र प्रत्येक शनिबार पूर्ण बिदा हुने छ । प्रत्येक शुक्रबार बिहान १० बजेदेखि दिउँसो साढे एक बजेसम्म बैंकिङ्ग कार्यालय खुला हुने छन् भने कारोबार भने साढे १२ बजेसम्म मात्रै हुने छ ।

त्यस्तै, बैशाख १ देखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसमम्म बैंकिङ कारोबार हुने राष्ट्र बैंकले जनाएको छ । सो अवधिमा बैंकिङ कारोबार भने बिहान १० देखि अपरान्ह ४ बजेसम्म हुने छ ।

१६ कात्तिकदेखि १५ माघसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म र बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै हुने राष्ट्र बैंकले जानकारी गराएको छ ।

कूल बिदा हुनेमध्ये २३ दिन भने बैंकहरुले नगद भुक्तानी, ईसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटीजीएस लगायका आकस्मिक बैंकिङ सेवा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij