२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदी कतिमा हुँदैछ किनबेच ?

आज सुनचाँदी कतिमा हुँदैछ किनबेच ?

960
Shares
काठमाडौं – सुनको मुल्य आज तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बुधबार छापावाल सुन १ लाख १८ हजार २०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख १७ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।
बिहीबार चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य तोलाको १३ सय ७५ रुपैयाँ कायम रहेको छ । चाँदी बुधबार पनि सोही मूल्यमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij