काठमाण्डौ – नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्नो ३७ औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समितिको बुधबार (फागुन १६ गते) बसेको बैठकले वार्षिक साधारणसभा चैत २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले साधारणसभाको निर्णयमा नियमनकारी नियकाबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न निर्देशन वा सुझाव दिएमा सोही मुताबिक गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले संस्थापक शेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ।
सभाले बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल र एनआइएमबि स्टक मार्केट्सको गत आर्थिक वर्ष २०७९/८०को वित्तीय विवरणहरु पनि अनुमोदन गर्नेछ। यसका साथै सभामा गत आर्थिक वर्षको बैंकको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गरिनेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि साधारणसभा नभएसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij