नुवाकोट – शिवपुरी गाउँपालिकामा मुटु सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज काठमाडौंको विशेषज्ञसहितको प्राविधिक सहयोगमा गाउँपालिकाले स्वास्थ्य शिविर आयोजना गरेको हो । फागुन २६ गते बिहान ८ः३० देखि दिउँसो १ बजेसम्म शिवपुरी गाउँपालिकाको कार्यालय परिसर शेराबगरमा स्वास्थ्य शिविर सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत बसन्त कार्कीले जानकारी दिएका छन् ।
मुटु सम्बन्धी समस्या भएका व्यक्तिहरु, उच्च रक्तचाप, कोलेस्टेरोल, मधुमेश, अधिक तौल, जन्मजात मटुका समस्या भएका बच्चाहरु सबैको निःशुल्क स्वास्थ्य परिक्षण गरिने भएकाले स्वास्थ्य शिविरबाट अधिकतम लाभ लिन गाउँपालिकाले आग्रह गरेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij