काठमाडौं – बुधबार शेयर बजार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ को विन्दुमा बन्द भएको छ।
आज ७१ वटा कम्पनीको शेयरमुल्य बढ्दा १७० कम्पनीको शेयरभाउ घटेको छ भने ७ वटाको स्थिर रहेको छ।
बजारमा आज ३०८ कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता शेयर २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँमा किनबेच भएका छन्। कारोबार हिजोको तुलनामा बढेको छ।
उच्च कारोबार भएका १० कम्पनीमा सोनापुर मिनरल्सः १२ करोड ६९ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सः ८ करोड ६ लाख रुपैया, बोटलर्स नेपाल (तराई)ः ७ करोड ४ लाख रुपैयाँ,
शिभम सिमेन्टः ६ करोड ६७ लाख रुपैयाँ,
हिमालयन डिस्टिलरीः ५ करोड ८३ लाख रुपैयाँ,
जोशी हाइड्रोपावरः ५ करोड ५२ लाख रुपैयाँ,
चिरख्वा हाइड्रोपावरः ५ करोड ५० लाख रुपैयाँ,
भिजन लुम्बिनी ऊर्जाः ४ करोड ९७ लाख रुपैयाँ,
मोलुङ हाइड्रोपावरः ४ करोड ५६ लाख रुपैयाँ,
हाथवे इन्भेस्टमेन्टः ४ करोड ४९ लाख रुपैयाँ,
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij