काठमाडौं – मर्जर प्रस्ताव पारित गर्न जाल्पा सामुदायिक लघुबित्त बित्तीय सस्था लि र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ९ गते साधारण सभा बोलाएका छन् । जाल्पा सामुदायिकको साधारण सभा दि एसआर होटल तिलोत्तमा रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ । यता, किसान लघुवित्तको सभा ताज प्यालेस, स्पेशियल चोक गल्फुटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । यी दुवै कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाएका छन् ।
जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त एकआपसमा गाभिने सम्बन्धमा अध्यक्षले प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने एजेन्डा छ । त्यस्तै, दुवै कम्पनीको सभाले एक आपसमा १ बराबर ०.८८३४ सेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनका लागि किसानले चैत १ गते बुक क्लोज गर्ने जनाएको छ भने जाल्पाको फागुन २४ गते बुक क्लोज हुनेछ ।