काठमाडौं– प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो। उनीसँगै सेञ्चुरी बैंकका पूर्वसीईओ तुल्सीराम गौतम पनि पक्राउ परेका छन् । उनीहरूसँगै १० जनालाई सीआईबीले नियन्त्रणमा लिएको छ । नेपाल राष्ट्र बैंकले उनलाई पक्राउ गर्नका पत्राचार गरेपछि सीआईबीले पक्राउ गरेको बुझिएको छ ।
न्यौपानेमाथि सेन्चुरी बैंकको सीईओ पदमा रहँदा ऋण प्रवाहको समयमा दुरुपयोग गरेको आरोप लगाइएको छ । हाल न्यौपाने प्रभु बैंकका डेपुटी सीईओ हुन्।
सीआईबीका अनुसार सेन्चुरी बैंकमा रहँदा भएको घटनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। गत पुसमा सेन्चुरी बैंक प्रभुले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डीसिईओ बनाइएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij