काठमाडौं– मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरेको छ। बैंकले गत मंसिर २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरेको हो।
बैंकको गत पुस १४ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही शेयर बैंकले शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो।
हालसम्म भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुलाई बैंकले शिघ्र शेयर अभौतिकिकरण गरी हितग्राही खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ। बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij