काठमाडौं– क्रिकेट एसोसियसन अफ नेपाल(क्यान)ले अब ‘ए’ ग्रेडका खेलाडीलाई एक लाख तलब दिने भएको छ । क्रिकेट संघकाे फागुन १२ र १४ गते बसेको बोर्ड बैठकले ग्रेड अनुसार खेलाडीलाई तलब दिने भएको हो ।
संघले सन् २०२४ का लागि खेलाडीहरुको वर्गीकरण गर्दै ग्रेड ‘ए’ लाई १ लाख, ग्रेड ‘बी’ लाई ७० हजार, ग्रेड ‘सी’ लाई ५५ हजार, ग्रेड ‘डी’ लाई ३५ हजार र इमर्जिङ क्याटोगरीलाई २५ हजार मासिक तलब उपलब्ध गराउने निर्णय गरेको हो ।
संघले पुरुष क्रिकेट खेलाडी तर्फ ३० जना र महिलातर्फ १९ जना खेलाडीलाई ४ समूहमा वर्गीकरण गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij