२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने १७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने १७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

1.6K
Shares
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापामा सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा १७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । दमक नगरपालिका–१३ र १४ मा रहेको बालुवाटारको (रतुवा र दिपीनी खोलाको दोभानबाट उत्तरतर्फ) जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ ।
सार्वजनिक जग्गाका रुपमा दर्ता गर्नुपर्ने ३९७ रोपनी ८ आना १ पैसा ३ दाम जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको आयोगले जनाएको छ । सो जग्गा व्यक्तिविशेषका नाममा घुसाइ न्यूनतम मूल्यांकन ३४ करोड ६६ लाख ५४ हजार ८४९ कायम हुन आउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij