२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वारेन बफेटको लगानी गर्ने १५ नियम

वारेन बफेटको लगानी गर्ने १५ नियम

1.4K
Shares

विश्वको सबैभन्दा ठूला लगानीकर्ता र बर्कशायर ह्याथवेका सीईओ वारेन बफेटले बर्कशायर ह्याथवे २०२३ काे शेयरधनी पत्रमा आफ्नो समयसापेक्ष लगानीका सिद्धान्तहरू उल्लेख गरेका छन्। वारेन बफेटले आफ्ना शेयरधनीहरूको लागि यो पत्र जारी गरेका हुन्।

यसमा लगानीका १५ सिद्धान्तहरू (नियम) उल्लेख गरिएको छ । वारेन बफेट भन्छन्, ‘अरूले लोभ गर्दा डराउनुस् तर अरू डराउँदा लोभ गर्नुस्।’

यी हुन् वारेन बफेटका लगानीका १५ सिद्धान्तहरू :

धैर्यले फल दिन्छः शेयर बजार धैर्य गर्ने व्यक्तिका लागि पैसा कमाउन डिजाइन गरिएको हो।

दीर्घकालीन सोचः हाम्रो मनपर्ने होल्डिंग अवधि सधैंभरि हुनुपर्छ।

मात्रा भन्दा गुणस्तरमा ध्यान दिनुः राम्राे मूल्यमा खराब कम्पनीकाे शेयर किन्नु भन्दा राम्रो मूल्यमा नै एक राम्राे कम्पनीकाे शेयर किन्नु राम्रो हुन्छ।

आफ्नो लगानी बुझ्ननुस् : तपाईं के गर्दै हुनुहुन्छ भन्ने बारेमा थाहा भएन भने जाेखिम हुनेछ ।

व्यापारमा लगानी गर्नुस्, टिकर्समा होइन : हामीसँग राम्रो व्यवस्थापन भएकाे राम्रो कम्पनीकाे शेयर भएमा यस शेयरलाई बेच्नु हुँदैन।

आफ्नो क्षमताको सीमा भित्र रहनुस् : तपाई प्रत्येक कम्पनी वा धेरै कम्पनीहरूमा विशेषज्ञ हुनु आवश्यक छैन। तपाईं आफ्नो क्षमता अनुसार कम्पनीहरूको मूल्याङ्कन गर्न सक्षम हुनु आवश्यक छ।

ऋणबाट बच्नुस् : ऋण लिएर लगानी गर्दा नाफा कमाएमा त्यसकाे वास्ता हुँदैन । तर जब घाटा हुन थाल्छ, सबैको ध्यान त्यतातिर केन्द्रित हुन्छ। यसले तपाईंलाई समस्यामा पार्न सक्छ। त्यसैले ऋण लिनबाट जोगिनुपर्छ ।

फराकिलाे विविधीकरणबाट बच्नुस् : पोर्टफोलियोलाई फराकिलाे विविधीकरण गर्नु तब मात्र आवश्यक पर्छ जब लगानीकर्ताहरूले उनीहरू के गरिरहेका छन् भनेर बुझ्दैनन्।

अरू लोभी हुँदा डराउनुस् र अरू डराउँदा लोभी हुनुस्: हामी केवल अरू लोभी हुँदा डराउँछाै। तर अरू डराउँदा मात्र हामी लोभी हुन चाहन्छाैँ ।

आन्तरिक मूल्यमा फोकस गर्नुस् : तपाईले तिर्नु भएको (प्राइस) मूल्य हो। तपाईले प्राप्त गरेको (भ्याल्यू) मूल्य हो।

बजारको उतारचढावलाई बेवास्ता गर्नुस् : इश्वरले जस्तै बजारले आफूलाई मद्दत गर्नेहरूलाई मद्दत गर्छ। तर बजारले उनीहरूलाई माफ गर्दैन जसलाई के गरिरहेकाे भनेर नै थाहा छैन।

बजारलाई समय नदिनुस् : हामी बजारमा सक्रिय हुँदा भन्दा शान्त रहेर धैर्य गर्दा धेरै पैसा कमाउन सक्छौं।

तर्कसंगत रहुनुस् : कम मूल्य हुनुकाे सबैभन्दा सामान्य कारण निराशावाद हो – कहिलेकाहीं व्यापक र कहिलेकाहीँ कम्पनी वा उद्योगमा विशिष्ट छनाैट गर्दा पनि ।

आफ्नो साधनमा बाँच्नुस् : नियम नम्बर १ : कहिल्यै  पैसा नगुमाउनुहोस्। नियम नम्बर २ : नियम नम्बर १ कहिल्यै नबिर्सनुहोस्।

नम्र रहनुस् र सिक्दै रहनुस्ः तपाईंले हरेक परिस्थितिमा नम्र रहनु पर्छ र हरेक पाइलाबाट केही सिक्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij