काठमाडौं – न्यायपरिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्तको सिफारिस गरेको छ । अर्का जिल्ला न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराउने निर्णय गरेको छ ।
आइतबारको न्यायपरिषद बैठकले कार्यक्षमता र आचरणमा प्रश्न उठाउँदै दुवै जनालाई बर्खास्त गर्न सिफारिस गरेको हो । परिषदले दुवै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा पत्र पठाएको छ। परिषद स्रोतका अनुसार दुवै जना लगायत अरु केही न्यायाधीशको हकमा जाँचबुझ समिति बनेको थियो, समितिको सिफारिस र थप छानबिनका आधारमा बर्खास्त गर्ने निर्णय भएको हो ।
साथै परिषद्ले अर्का एक न्यायाधीशको हकमा प्रशासनिक प्रकृतिको कारबाहीको सिफारिस गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij