काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक आज २६.८१ अंकले घटेर १९७९.०२ को विन्दुमा झरेको हो। बजार घट्दा ३८ कम्पनीको शेयरभाउ बढेको छ भने २०६ वटाको घटेको छ। चार कम्पनीको शेयरभाउ स्थिर रहेको छ। आज ३१७ कम्पनीका ८५ लाख ४६ हजार ९३० कित्ता शेयर ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बढीमा किनबेच भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनीमा सन नेपाल लाइफः २५ करोड १८ लाख रुपैयाँ, जोशी हाइड्रोपावरः ११ करोड ३ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सः ११ करोड १ लाख रुपैयाँ, गोर्खाज फाइनान्सः १० करोड ७५ लाख रुपैयाँ, ङादी ग्रुप पावरः ८ करोड ३७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकः ७ करोड ३१ लाख रुपैयाँ, घलेम्दी हाइड्रोः ६ करोड ११ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीः ५ करोड ७५ लाख रुपैयाँ, नेपाल फाइनान्सः ५ करोड ६० लाख रुपैयाँ
सगरमाथा जलविद्युतः ४ करोड ९५ लाख रुपैयाँ रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij