काठमाडौं । गोर्खाज फाइनान्स लिको ६२ हजार कित्ता शेयर आज फागुन १३ गतेबाबाट बिक्रीमा राखिएको छ। कम्पनीका संस्थापक शेयरधनी यादप राईको नाममा रहेको ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको मुख्य कार्यालयमा दिन सकिनेछ।
तोकिएको अवधिमा संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij