२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नयाँ लोक दोहोरी गीत चरी वनमा सार्वजनिक

नयाँ लोक दोहोरी गीत चरी वनमा सार्वजनिक

1.1K
Shares

काठमाडौं –  गायक गायिका नकुल थापा, विष्णु थापा, राधिका गिरी र शान्ति पोखरेलको स्वरमा नयाँ लोक दोहोरी गीत चरी वनमा हालै सार्वजनिक गरिएको छ।  राधिका गिरी र शान्ति पोखरेलको संयुक्त प्रस्तुतिमा तयार भएको गीतमा गायक नकुल थापाको लय तथा विष्णुको शब्द रचना रहेको छ। लोक लयमा बुनिएको १८ मिनेट लामो दोहोरी गीत राजधानीको धर्मस्थलीका विभिन्न आकर्षक स्थान र सेटमा छायांकन गरिएको छ। लाईभ दोहोरी शैलीमा निर्माण गरिएको रमाइलो भिडियोमा मोडलहरु चन्द्रकुमार श्रेष्ठ र कौशिला कार्कीका साथमा बाल कलाकारहरु निश्चलजंग थापा र गृष्मा थापा मगरको नृत्य तथा अभिनय रहेको छ।
भिडियोमा गायकगायिकालाई पनि लाईभ दोहोरी शैलीमा फिचर्ड गरिएको छ। हुम गैरेको निर्देशन र सम्पादन तथा विकास भारतीको कोरीयोग्राफी रहेको भिडियोमा डेनिसको छायँंकन रहेको छ। गायक विष्णु थापाको युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोको दृश्य निर्मँण विशाल मूभीले गरेको हो। सिन्धुपाल्चोकका गायक नकुल लामो समयदेखि वैदेशिक रोजगारीमा रहेर गीत संगीतमा सक्रिय छन् भने अर्का गायक विष्णु पनि लोक गीत संगीतमा लामो समयदेखि सक्रिय छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij