२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन

स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन

1K
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्जमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १३ गते आइतबार बुकक्लोज गर्दैछ।

यस अनुसार हिजो अर्थात फागुन १० गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। नेप्सेले यस दिन लघुवित्तको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ५९१ रुपैयाँ ६८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, लघुवित्तको शेयर प्रतिकित्ता ६३३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यका आधारमा आइतबार दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार खुल्नेछ। लघुवित्तले फागुन २६ गते, शनिबार, नेपाल हाउस, हात्तीसार, काठमाडौँमा पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो साढे ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सर्वसाधारणमा एफपीओ निष्काशन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij