२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कांग्रेस महासमितिमा पेश भएका ४ प्रस्ताव सर्वसम्मतिले पारित

कांग्रेस महासमितिमा पेश भएका ४ प्रस्ताव सर्वसम्मतिले पारित

1.4K
Shares
काठमाडौं – नेपाली कांग्रेसको ललितपुरको गोदावरीमा भएको महासमिति बैठकमा पेश गरिएका ४ वटा प्रस्तावहरु सर्वसम्मतिले पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले पेश गरेको सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित भएका हुन् ।
महामन्त्री थापाले ४ वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरुले ताली बजाएर कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij