२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कान्तिपुर सहकारीका ६ जनाविरुद्ध पक्राउ पुर्जी

कान्तिपुर सहकारीका ६ जनाविरुद्ध पक्राउ पुर्जी

24.8K
Shares

काठमाडौँ – कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी प्रहरीको नियन्त्रणमा छन् । निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत्त नयाँबानेश्वरले अनुसन्धान गरिरहेको छ । ५४ वर्षीय हिमालय विक्रम कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–९ का स्थानीय हुन् । अहिले उनी काठमाडौँ महानगरपालिका–३२ मा बस्छन् ।

निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका थप ६ जना संचालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँबाट कोषाध्यक्ष र सचिवसहित ६ जनाविरुद्ध पक्राउ अनुमति आएको उपत्यका प्रहरी कार्यालयका एक जना उच्च अधिकृतले बताए ।

कान्तिपुर सेभिङ्गका कोषाध्यक्ष ५२ वर्षीय प्रेमध्वज लामा, सचिव जोगलाल लामा, सदस्यहरु सानुकान्छा लामा, नारायण प्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुलीविरुद्ध पुर्जी जारी भएको छ ।

संचालकहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको ठगेको आरोपमा प्रहरी बृत्त नयाँबानेश्वरमा २०८० जेठ २८ मा मुद्धा दर्ता भएको थियो । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको संचालक समितिका संचालहरुविरुद्ध अहिलेसम्म ३५० जना निक्षेपकर्ताले जाहेरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij