२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

1.2K
Shares

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २०.७६ अंकले घटेर २००५.८३ को विन्दुमा बन्द भएको छ। शेयर बजारमा आज ४९ वटा कम्पनीको मात्रै शेयरभाउ बढेको छ। १९७ वटा कम्पनीको शेयरभाउ घट्दा २ वटाको स्थिर रहेको छ। यो दिन ३०९ कम्पनीका ९५ लाख १८ हजार ७५ कित्ता शेयर ३ अर्ब २० करोड ६१ लाख रुपैयाँ बढीमा किनबेच भएका छन्।
आज उच्च कारोबार भएका १० कम्पनीमा हिमालयन रिइन्स्योरेन्सः १४ करोड ८७ लाख रुपैयाँ, गोर्खाज फाइनान्सः १४ करोड १ लाख रुपैयाँ,जोशी हाइड्रोपावरः ८ करोड ९३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकः ६ करोड ४० लाख रुपैयाँ, ङादी ग्रुप पावरः ६ करोड २४ लाख रुपैयाँ, नागकिर लगानी कोषः ५ करोड ७७ लाख रुपैयाँ, सोनापुर मिनरल्सः ४ करोड ९६ लाख रुपैयाँ, नेपाल फाइनान्सः ४ करोड ८७ लाख रुपैयाँ,मोलुङ हाइड्रोपावरः ४ करोड ८६ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः ४ करोड ८२ लाख रुपैयाँ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij