काठमाडौं – कामना सेवा विकास बैंकको करिब १ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको ९७ हजार ९३९ कित्ता शेयर बिक्रीमा राखेको हो। हाललाई यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
इच्छुक शेयरधनीहरुले शेयर खरिदका लागि काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। यसका लागि बैंकले ३५ दिनको समय दिएको छ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij