२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

945
Shares

काठमाडौं-  हंगेरी पठाइदिन्छु भन्दै २ लाख ७४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा रौतहट माधव नारायण नगरपालिका-३ घर भई काठमाडौं कुलेश्वर बस्ने २७ वर्षीय चन्दन कुमार श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीका लागि हंगेरी पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कुलेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij