२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज उच्च कारोबार शीर्ष १० कम्पनी

आज उच्च कारोबार शीर्ष १० कम्पनी

1.4K
Shares

काठमाडौं – बुधबार नेप्से परिसूचक ६.४६ अंकले घटेर २०२६.५९ को विन्दुमा झरेको हो।बजार घट्दा ८० कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने १५९ वटा कम्पनीको शेयरभाउ घटेको छ। यो दिन ९ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

घटेको बजारमा आज ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता शेयर २ अर्ब २४ करोड १९ लाख रुपैयाँमा किनबेच भएका छन्। हिजोको तुलनामा आज कारोबार पनि घटेको छ।

आज उच्च कारोबार शीर्ष १० कम्पनीमा हिमालयन रिइन्स्योरेन्सः ११ करोड १२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकः ६ करोड २६ लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावरः ६ करोड ९ लाख रुपैयाँ, सगरमाथा जलविद्युतः ५ करोड ८६ लाख रुपैयाँ, मोलुङ हाइड्रोपावरः ५ करोड ५७ लाख रुपैयाँ, जोशी हाइड्रोपावरः ५ करोड २ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः ४ करोड ९ लाख रुपैयाँ, ङादी ग्रुप पावरः ३ करोड ९४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीः ३ करोड ३४ लाख रुपैयाँ, बोटलर्स नेपाल (तराई)ः २ करोड ९८ लाख रुपैयाँ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij