२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्य बढ्यो

सुनचाँदीको मुल्य बढ्यो

1.1K
Shares

काठमाडौं–  बुधबार सुन र चाँदी दुबैको मुल्य  बढेको छ। यस दिन सुन तोलामा ४०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै बुधबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij