२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

2K
Shares

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आइतबार हिमालयन रिइन्स्योरेन्स लिमिटेड र एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

हिमालयन रिको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आज कम्पनीको अन्तिम कारोबार मूल्य ६४५ रुपैयाँ १० पैसामा समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ६२० रुपैयाँ २९ पैसा कायम भएको छ ।

यता, एसियन लाइफको ७.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको हो । आजको अन्तिम कारोबार मूल्य ६६४ रुपैयाँ ६० पैसामा समायोज गरिएको हो । समायोजन पछिको मूल्य ६१६ रुपैयाँ ८० पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij