काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ को विन्दुमा बन्द भएको छ। आज २२५ कम्पनीका शेयरभाउ घट्दा २१ वटाको मात्रै बढेको छ। दुई कम्पनीको शेयरभाउ भने स्थिर रहेको छ।
यो दिन शेयर बजारमा ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज उच्च कारोबार भएका १० कम्पनीमा हिमालयन रिइन्स्योरेन्सः ४० करोड ९० लाख रुपैयाँ, एनआईसी एसिया बैंकः १३ करोड ६५ लाख रुपैयाँ, जोशी हाइड्रोपावरः १० करोड १४ लाख रुपैयाँ, सगरमाथा जलविद्युतः ९ करोड २७ लाख रुपैयाँ, युनियन हाइड्रोपावरः ७ करोड ६१ लाख रुपैयाँ, ङादी ग्रुप पावरः ७ करोड १ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः ६ करोड ८२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीः ६ करोड २३ लाख रुपैयाँ, आँखुखोला जलविद्युतः ६ करोड १९ लाख रुपैयाँ, सोनापुर मिनरल्सः ५ करोड ८० लाख रुपैयाँ रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij