२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आयल निगमको कार्यकारी निर्देशकमा तीनजनाको नाम सिफारिस

आयल निगमको कार्यकारी निर्देशकमा तीनजनाको नाम सिफारिस

2.9K
Shares

काठमाडौं – नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा तीनजनाको नाम सिफारिस गरिएको छ। आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा सिफारिस हुनेहरुमा गोरखाको भीमसेन थापा गापा–१ डा चण्डिकाप्रसाद भट्ट, चितवनको भरतपुर–१४ का ई. डा डोलप्रसाद चापागाई र ललितपुरको ललितपुर–२४ का शत्रुघ्नप्रसाद पुडासैनी छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ अनुसार आयल निगमको कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले तीनजनाको नाम सिफारिस गरेको हो। समितिको फागुन ५ गतेको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरुको नाम वर्णानुक्रमका आधारमा मन्त्रालयसमक्ष सिफारिस गरिएको छ।

अब मन्त्रालयको सिफारिसमा मन्त्रिमरिषदको बैठकले यी तीनजना उम्मेदवारमध्ये एकजनालाई आयल निगमको कार्यकारी निर्देशनमा नियुक्त गर्नेछ। खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न समितिले गत पुस ७ सार्वजनिक सूचनाबमोजिम दरखास्त आह्वान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij