२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल ल्युब आयलको नाफा ७८ लाख ६५ हजार

नेपाल ल्युब आयलको नाफा ७८ लाख ६५ हजार

2.3K
Shares
काठमाडौं – नेपाल ल्युब आयल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ६ महिनामा ७८ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिमा कम्पनी १० लाख रुपैयाँ घाटामा थियो ।सञ्चालन आम्दानी बढेसँगै कम्पनी नाफामा गएको हो ।
गत वर्ष यस कम्पनीले ३७ करोड ८७ लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । अहिले बढेर ५१ करोड ७६ लाख रुपैयाँ पुगेको छ। यसको वित्तीय खर्च भने घटेको छ। २ करोड ५ लाख रुपैयाँ रहेको वित्तीय खर्च अहिले घटेर १ करोड ८४ लाख कायम भएको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ६ करोड ६ लाख ४३ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा २२ करोड ८२ लाख रुपैयाँ जम्मा छ । यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ९४ पैसा देखिएको छ । प्रतिसेयर नेटवर्थ भने ६३६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij