काठमाडौँ – एनआईसी एशिया बैंकले सबै वित्तीय सूचकहरूमा आफ्नो अब्बलता कायम रहेको जनाएको छ। आज शुक्रवार एक विज्ञप्ति सार्वजनिक गर्दै बैंकले पछिल्लो समयमा सामाजिक सञ्जालमा आएका कुरालाई अफवाह भएको बताउँदै सबै सूचकहरूमा कुनै समस्या नरहेको जनाएको स्पष्ट पारेको छ।
चालु आर्थिक दोस्रो त्रैमास (पुस मसान्तसम्म) आइपुग्दा एनआईसी एशिया बैंकका कुनै पनि सूचकमा समस्या नदेखिएको बैंकले विज्ञप्ति मार्फत जानकारी गराएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij