२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ललिता निवास प्रकारण : छविराज पन्त र दीप बस्न्यात दोषी ठहर, गच्छदार र डम्बर श्रेष्ठले पाए सफाइ

ललिता निवास प्रकारण : छविराज पन्त र दीप बस्न्यात दोषी ठहर, गच्छदार र डम्बर श्रेष्ठले पाए सफाइ

1.1K
Shares

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार मन्त्रालयका तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यात ददोषी ठहर भएका छन् ।
उनीहरुसँगै प्रेमबहादुर खापुङ, अजुन खतिवा, शंकर सुवेदी, अंगुर सिग्देल, केदारप्रसाद श्रेष्ठ, हरिकृष्ण तिमिल्सिना, परशुराम पोखरेल, कृष्ण पौडेल, टंक भट्ट पनि दोषी ठहर भएका छन् । उनीहरुलाई २ वर्ष कैद सजाय सुनाइएको छ । उनीहरुबाट दामासाहीमा ९ करोड ६५ लाख रुपैयाँ विगो जफत हुने विशेष अदालतको फैसला छ ।

प्रधानमन्त्री निवासको जग्गा विस्तार गर्दा सरकारी जग्गा मोहीलाई सट्टाभर्ना गर्ने भनी गरेको निर्णय र प्रस्ताव तयार गरेकोमा बस्न्यात र पन्तलाई दोषी ठहर गरेको हो । उनी भौतिक योजना तथा निर्माण मन्त्रालयमा सचिव हुदा गरेको निर्णयमा दोषी ठहर भएका हुन् । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रीहरुलाई सफाइ दिएको छ । विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठको आरोप दाबी पुग्न नसकेको ठहर गरेको हो । तत्कालिन भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र तत्कालिन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij