काठमाडौं- अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.०३ को विन्दुमा बन्द भएको छ।
आज ३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँबराबरको कारोबार भएको छ। यो दिन ७९ कम्पनीको शेयर मुल्य बढ्दा १६३ वटाको घटेको छ भने ७ वटाको स्थिर रहेको छ।
आज यी १० कम्पनीको उच्च कारोबार कम्पनीमा हिमालयन रिइन्स्योरेन्सः २२ करोड ८५ लाख रुपैयाँ, सगरमाथा जलविद्युतः ११ करोड ५९ लाख रुपैयाँ,जोशी हाइड्रोपावरः १० करोड ७५ लाख रुपैयाँ, एनआईसी एशिया बैंकः ८ करोड ७० लाख रुपैयाँ, हिमालयन ऊर्जाः ८ करोड ५७ लाख रुपैयाँ, ङादी ग्रुप पावरः ८ करोड १६ लाख रुपैयाँ, मोलुङ हाइड्रोपावरः ७ करोड १४ लाख रुपैयाँ, पिपुल्स हाइड्रोपावरः ६ करोड ९७ लाख रुपैयाँ, पाँचथर पावरः ६ करोड ७२ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरः ६ करोड ३४ लाख रुपैयाँ रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij