काठमाडौं – गरिमा क्यापिटल लिमिटेडले गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने ‘गरिमा समृद्धि योजना’ निष्कासन हुने भएको छ ।
योजनाका इकाइहरु बिक्रीका लागि योजना व्यवस्थापन गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्ड अनुमति माग गरेको हो । १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाई निष्कासन हुने छ । योजनाको आकार १ अर्ब रुपैयाँ बराबरको रहेको छ ।
गरिमा समृद्धि योजना एउटा बन्दमुखी योजना हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij