२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

दुई पाकिस्तानी नागरिक ५ लाख डेनिस क्रोनसहित पक्राउ

दुई पाकिस्तानी नागरिक ५ लाख डेनिस क्रोनसहित पक्राउ

625
Shares

काठमाडौं-  ५ लाख डेनिस क्रोन सहित दुई जना पाकिस्तानी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३१ वर्षीय YSEEN AHMED र ४८ वर्षीय MUHAMMAD ADNAN LAKHANI रहेका छन् ।

फ्लाई दुबई एयरलाईन्सको उडानद्वारा दुबईबाट नेपाल आएका उनीहरूलाई अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट करिब ९५ लाख ४३ हजार ३ सय ८४ नेपाली रूपैयाँ हुन आउने उक्त विदेशी मुद्रा अवैध रूपमा लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग  हरिहर भवन पुल्चोक ललितपुर पठाइने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij