काठमाडौं – अजोड इन्स्योरेन्स कम्पनीका संस्थापक सिईओ तथा हालको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका सिनियर डेपुटी सिईओ कुमार बहादुर खत्रीले पदबाट राजिनामा दिएका छन् । अजोड इन्स्योरेन्समा आबद्ध भएका खत्रीले झण्डै सात वर्ष लामो आबद्धता अन्त्य गरेका हुन् ।
बीमा क्षेत्रमा लामो समय काम गरेका खत्री निकै अब्बल मानिन्छन् । गत वर्ष अजोड इन्स्योरेन्स कम्पनीमा युनाइटेडमा मर्ज भएपछि भागबण्डामा डेपुटी सिईओमा रहेर काम गर्दै आएका थिए ।
खत्री २०७५ साल जेठ २७ गते अजोड इन्स्योरेन्स कम्पनीको सिईओमा नियुक्त भएका थिए । खत्रीले नै अजोड इन्स्योरेन्सको कारोबार सुरु गराएका थिए । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तिर्ण खत्री करिब २७ वर्षदेखि नेपाली इन्स्योरेन्स क्षेत्रमा कार्यरत रहँदै आएका छन् ।
खत्री तत्कालिन एनबी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स हुँदै अजोड इन्स्योरेन्स हुँदै युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीमा पुगेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij